२०८३ असोज २५ गते आइतबार

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २ गते मंगलबार ०१:२३

पोखरा । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ । माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले मंगलबार महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको हो । गत मंसिर २८ गते...

पोखरा ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ ।

माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले मंगलबार महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको हो ।

गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगर सभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवामा माग फारम भरि बुझाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार महानगरले स्वास्थ्यका ५९ जना कर्मचारीलाई हाजिर गराउन रोक लगायो ।

महानगरको उक्त निर्णयविरुद्ध कर्मचारीहरु सर्वाेच्च अदातल पुगे । सर्वाेच्चले माघ १३ गते अन्तिम आदेशको टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दियो । तर, उक्त निर्णय कार्यान्वयन नभएको भन्दै उनीहरुले स्वास्थ्य महाशाखामा तालाबन्दी गरेका हुन् ।

यसैबिचमा माघ १० गते बसेको नगर सभाबाट संघ, प्रदेश सरकारसँगको साझेदारी तथा अन्य संघ संस्था साझेदारहरुसँगको सहयोग तथा साझेदारीमा सञ्चालित कार्यक्रमका लागि भन्दै हटाइएका ३ कर्मचारीलाई महानगरले हाजिर गराएको छ ।

आन्दोलनरत कर्मचारीले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निशर्त पुनः वहाली गर्न माग गरेका छन् । यस्तै नीति, विधि र प्रक्रिया विपरित मनोमानी तरिकाले शुभलाभका आधारमा विना प्रतिष्पर्धा नियुक्ति गरिएका ३ जना स्वास्थ्यकर्मीको नियुक्ति बदर गर्नसमेत उनीहरुको माग छ ।

प्रकाशित मिति २०८२ वैशाख २ गते मंगलबार ०१:२३
हजुरको प्रतिक्रिया