२०८३ कात्तिक ११ गते मंगलबार

सहिद लखन–३ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब पाँच सय बिरामी लाभान्वित

सहिद लखन–३ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब पाँच सय बिरामी लाभान्वित

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ वैशाख १३ गते शनिबार ०५:४५

साथै आगामी दिन पनि यस्तै शिविर सञ्चालन गरेर ग्रामीण भेगका जनतालाई सहयोग गर्न लागिपर्नेछौँ ।’ उनले भने ।

गोरखा ।

गोरखाको सहिद लखन गाउँपालिका–दार्सिङ स्थित श्री गङ्गाधर्म आधारभूत विद्यालयको भवनमा निःशुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ ।

शनिबार गुन्जमान सिंह अस्पताल, छिमेकी लघुबित्त बित्तीय संस्था लिमिटेड र सहिद लखन गाउँपालिका–३को संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

भरतपुरबाट आएका १० बढी वरिष्ठ चिकित्सकको उपस्थितीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको वडा नं ३ का वडाध्यक्ष दिपक पाण्डेले जानकारी दिए । सो क्रममा ६ वटा सेवा सञ्चालन गरिएको साथै औषधि निशुल्क वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा ४५० भन्दा बढीले निशुल्क सेवा लिएको उनले बताए ।

स्वास्थ्य शिविरमा २०० जना भन्दा बढीको भिडियो एक्सरे गरिएको थियो । साथै आज उपचारबाट बञ्चित भएकाका लागि गुन्जमान सिंह अस्पतालमा विशेष सहुलियतका साथ स्वास्थ्य परीक्षण र उपचार गरिने उनले उल्लेख गरे ।

ग्रामीण भेगका मानिसहरु आर्थिक अभाव र विभिन्न कारणबाट उपचारबाट बञ्चित हुनबाट रोक्न आफूहरुले उक्त शिविर सञ्चालन गरेको छिमेकी लघुबित्त बित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले जानकारी दिए ।

‘ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमै उपचार गर्न यसले सहयोग पुग्ने विश्वास लिएका छौँ । साथै आगामी दिन पनि यस्तै शिविर सञ्चालन गरेर ग्रामीण भेगका जनतालाई सहयोग गर्न लागिपर्नेछौँ ।’ उनले भने ।

प्रकाशित मिति २०८२ वैशाख १३ गते शनिबार ०५:४५
हजुरको प्रतिक्रिया