२०८३ असोज २५ गते आइतबार

जात, थर वा जन्मले होइन, कर्म, विचारले मूल्यांकन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री

जात, थर वा जन्मले होइन, कर्म, विचारले मूल्यांकन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार ०९:५१

उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनुपर्ने जोड दिएका छन् ।

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनुपर्ने तर्क गरेका छन् ।

उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनुपर्ने जोड दिएका छन् ।

‘मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ’, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ०९:५१
हजुरको प्रतिक्रिया