२०८३ असोज २५ गते आइतबार

आज निर्जला एकादशी, तुलसीको दल (बिउ) राख्ने दिन

आज निर्जला एकादशी, तुलसीको दल (बिउ) राख्ने दिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २५ गते शनिबार ०९:१३

हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।
यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ ।

पोखरा ।

आज जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी, तुलसीको दल (बिउ) राख्ने दिन ।

वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् ।

हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।

यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ ।

असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ ।

यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यद्यपि शुक्रबार नै पूरा ६० घडी एकादशी थियो । पञ्चांगहरूमा शनिबार ३३ पला अर्थात् बिहान ५ बजेर २३ मिनेटसम्म मात्र एकादशी उल्लेख छ ।

द्वादशीलाई स्पर्श गरेको एकादशी मानिने वैष्णव मान्यताअनुसार शनिबार तुलसीको दल राख्न लागिएको हो ।

वैष्णव परम्पराअनुसार यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ । दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ ।

एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो । एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ ।

एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ ।

आयुर्वेदिक रूपमा लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ ।

तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ ।

यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

प्रकाशित मिति २०८२ जेठ २५ गते शनिबार ०९:१३
हजुरको प्रतिक्रिया