२०८३ असोज २५ गते आइतबार

आज बकर ईद (ईद–उल–अज्हा), मुस्लिम धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदै

आज बकर ईद (ईद–उल–अज्हा), मुस्लिम धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २५ गते शनिबार ०९:१५

मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ ।

पोखरा ।

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (ईद–उल–अज्हा), आज मुस्लिम धर्मावलम्बीहरुले देशभरका मस्जिदमा धुमधामका साथ ईद मनाउँदैछ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ ।

हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

यो पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन् छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ ।

यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् ।

मुस्लिम धर्मावलम्बीले सोमबारसम्म तीन दिन यो पर्व मनाउने गर्छन् ।

यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको छ ।

प्रकाशित मिति २०८२ जेठ २५ गते शनिबार ०९:१५
हजुरको प्रतिक्रिया