२०८३ साउन २१ गते बिहीबार

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १ गते आइतबार ०९:०७

सिंहदरबारमा हिजो बसेको समितिको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडल र उच्च अदालत दिपायलकी प्रमुख न्यायाधीश शान्तिसिंह थापाविरुद्ध १० दिनभित्र उजुरी दिन सार्वजनिक आग्रह गरेको हो ।

अब प्राप्त उजुरीको अध्ययनपछि सुनुवाइ प्रक्रिया अघि बढाइने

काठमाडौं ।

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

सिंहदरबारमा हिजो बसेको समितिको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडल र उच्च अदालत दिपायलकी प्रमुख न्यायाधीश शान्तिसिंह थापाविरुद्ध १० दिनभित्र उजुरी दिन सार्वजनिक आग्रह गरेको हो ।

तीनै जनालाई गत जेठ २७ गतेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

यसैबीच बैठकमा सांसदहरुले न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारी र नेपाली कांग्रेस सांसद जीवन परियारले न्याय परिषद् सदस्य र न्यायाधीश गरी चार जना सिफारिस गरिए पनि समावेशी हुन नसकेको भन्दै न्यायपरिषद्लाई बोलाएर जवाफ माग्नुपर्ने बताए ।

त्यस्तै न्याय परिषद् सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता महेश नेपालको नियुक्तिबारे पनि सुनुवाई प्रक्रिया प्रारम्भ भएको समितिले जनाएको छ ।

अब प्राप्त उजुरीहरूको अध्ययनपछि सुनुवाइ प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति २०८२ असार १ गते आइतबार ०९:०७
हजुरको प्रतिक्रिया