२०८३ साउन २१ गते बिहीबार

नवलपरासीमा सडक चिप्लो हुँदा गाडी गुड्न समस्या, वैकल्पिक रुटको प्रयोग गर्न प्रहरीको आग्रह

नवलपरासीमा सडक चिप्लो हुँदा गाडी गुड्न समस्या, वैकल्पिक रुटको प्रयोग गर्न प्रहरीको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ५ गते बिहीबार ०९:५६

नवलपरासीमा सडक हिलो र चिप्लो भएका कारण गाडी गुड्न समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
डाभइर्सनमा क्षति भएका कारण विश्वकर्मा मन्दिर, घिउखोलालगायतका ठाउँमा सडक चिप्लो भई गाडी फस्ने र चिप्लिने समस्या भएको छ ।

पोखरा ।

विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पु¥याउँदा र ठाउँ–ठाउँमा हिलो भएका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा गाडी गुड्न समस्या भएको छ ।

नवलपरासीमा सडक हिलो र चिप्लो भएका कारण गाडी गुड्न समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

डाभइर्सनमा क्षति भएका कारण विश्वकर्मा मन्दिर, घिउखोलालगायतका ठाउँमा सडक चिप्लो भई गाडी फस्ने र चिप्लिने समस्या भएको छ ।

सडक बिग्रिएकोले जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

विनयी खोलाको डाइभर्सनमा क्षति तथा दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो भएका कारण गाडी फसेर आवागमनमा अवरोध भएपछि प्रहरीले सर्वसाधारणसँग यस्तो आग्रह गरेको हो ।

बिहीबार बिहान विज्ञप्ति जारी गर्दै यो सडक भएर यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रहरीका अनुसार पूर्ववाट पश्चिम जाने ठूला सवारीसाधन नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटवल निस्कन सक्नेछन् ।

यसैगरी पश्चिमबाट पूर्व जाने ठूला सवारीसाधन बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै गुड्न सक्नेछन् ।

साना सवारीसाधन भने बाटोको अवस्था बुझेर कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट, पिपलडाँडा सडक खण्डबाट जानसक्ने प्रहरीले बताएको छ ।

मंगलबार दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि दिनहुँजसो अवरोध भइरहेको छ ।

यो डाइभर्सन सात पटकसम्म खोलाले बगाउँदा आवागमन कठिन भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार ५ गते बिहीबार ०९:५६
हजुरको प्रतिक्रिया