२०८३ कात्तिक ११ गते मंगलबार

काेराेना अपडेट : मंगलबार थप २७ काे ज्यान गयाे

काेराेना अपडेट : मंगलबार थप २७ काे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १ गते मंगलबार ०५:४५

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप २७ जनाले ज्यान गुमाएका छन् । मंगलबार थप भएका मृतकसहित देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ । यस्तै, पछिल्लाे २४ घण्टामा देशभर...

३ हजार २७४ जनामा संक्रमण पुष्टि, देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप २७ जनाले ज्यान गुमाएका छन् । मंगलबार थप भएका मृतकसहित देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा देशभर थप ३ हजार २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार थप संक्रमितसँगै देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले मंगलबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको छ ।

प्रकाशित मिति २०७८ भदौ १ गते मंगलबार ०५:४५
हजुरको प्रतिक्रिया