२०८३ असोज २४ गते शनिबार

सबै थानीय तहले आज बजेट सार्वजनिक गर्दै

सबै थानीय तहले आज बजेट सार्वजनिक गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०९:४८

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ ।

काठमाडौं ।

सबै सात सय ५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन् ।

आगामी आर्थिक वर्ष २०८२,८३ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार ७ सय ५३ पालिका मध्ये हिजोसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

संघबाट चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रूपमा मानिन्छ ।

संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ ।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०९:४८
हजुरको प्रतिक्रिया