२०८३ कात्तिक ११ गते मंगलबार

दमाैलीमा एकहप्तादेखि फाेहर उठेन

दमाैलीमा एकहप्तादेखि फाेहर उठेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १ गते मंगलबार ०७:२४

पाेखरा । तनहुँकाे सदरमुकाम दमौलीमा एक हप्तादेखि फोहर नउठ्दा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ । व्यास नगरपालिका–१ चारकुनेमा अस्थायीरुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि दमौली बजारको फोहर उठाउन नसकिएको व्यास नगरपालिकाले...

पाेखरा । तनहुँकाे सदरमुकाम दमौलीमा एक हप्तादेखि फोहर नउठ्दा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ ।

व्यास नगरपालिका–१ चारकुनेमा अस्थायीरुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि दमौली बजारको फोहर उठाउन नसकिएको व्यास नगरपालिकाले जनाएकाे छ ।  नगरपालिकाले फोहर विसर्जन गर्दै आएको वडा नं ३ स्थित भतेरीमा गतवर्ष मादी नदीले कटान गरिदिएपछि चारकुनेका रामदेव पन्थको जग्गा भाडामा लिएर त्यहाँ नकुहिने फोहर विसर्जन गर्न थालिएको छ । कुहिने फोहरलाई नगरपालिकाकाे वडा नं १० मा मल उत्पादनका लागि प्रयोगमा ल्याउने गरिएको नगरपालिकाले जनाएकाे छ ।

“अस्थायी रुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि अहिले फोहर उठाउन कठिन भएको छ,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले भने , “ठाउँ खोजेर फोहर उठाउने प्रयास गर्दैछौ ।” उनका अनुसार वडा नं १३ मा फोहर विसर्जनका लागि ठाउँ हेर्नाका साथै स्थानीयबासीसँग छलफल पनि भइरहेको छ ।

नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुँदै आएको छ ।

प्रकाशित मिति २०७८ भदौ १ गते मंगलबार ०७:२४
हजुरको प्रतिक्रिया