२०८३ असोज २५ गते आइतबार

सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्यः गृहसचिव गोकर्णमणि दुवाडी

सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्यः गृहसचिव गोकर्णमणि दुवाडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १२ गते बिहीबार १०:४१

लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको भन्दै उनले लागुऔषधको नियन्त्रण गर्न एकल प्रयास मात्रै सम्भव नरहेको भन्दै तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्ने जरुरी रहेको उनले बताए ।

काठमाडौं ।

गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताए ।  लागुऔषध दुव्र्यसनीले मुलुकलाई नै अध्याँरोतर्फ धकेलिरहेको उनले जिकिर गरे ।

लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको भन्दै उनले लागुऔषधको नियन्त्रण गर्न एकल प्रयास मात्रै सम्भव नरहेको भन्दै तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्ने जरुरी रहेको उनले बताए ।

उनले भने, ‘लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको छ । बहुक्षेत्रीय असर छ । हाम्रो घर, समाज र समग्र मुलुकलाई अध्याँरोतर्फ लगिरहेको लागुऔषधलाई हामी सबै मिलेर नियन्त्रण गर्न जरुरी छ । हाम्रा देशका कर्णधारहरु लागुऔषधको कुलतमा फसेर अफ्ठ्यारोमा परिरहेका छन् । यसको असर ठूलो छ । यसले समाजमा हिंसा, हत्या, आत्महत्या, दुर्घटना बढिरहेको छ । साइबर अपराधहरु बढाइरहेको छ । यि कुराहरु हामी सबै मिलेर रोक्नुपर्छ । सभ्य समाज निर्माण गर्नु हामी सबैको कर्तव्य हो । यो कुरामा एकल प्रयासले मात्र सम्भव छैन । यस कार्यमा तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्छ ।’

गृहसचिव दुवाडीले सरकारले लागुऔषध नियन्त्रणका लागि विभिन्न कानूनी प्रावधानहरु बनाइ काम गरिरहेको बताए ।

लागुऔषध नियन्त्रण सरकारको प्राथमिकताको क्षेत्र भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार १२ गते बिहीबार १०:४१
हजुरको प्रतिक्रिया