२०८३ असोज २६ गते सोमबार

प्रधानमन्त्रीको आह्वानः हरेक नागरिकले एउटा रुख रोपौँ

प्रधानमन्त्रीको आह्वानः हरेक नागरिकले एउटा रुख रोपौँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०१:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकले एउटा रुख रोप्न आह्वान गरेका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले आज राष्ट्रिय वृक्षारोपण...

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकले एउटा रुख रोप्न आह्वान गरेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले आज राष्ट्रिय वृक्षारोपण दिन पारेर भविष्यको सुरक्षाका लागि हरेक नागरिकले एउटा बिरुवा रोप्न आग्रह गरे ।

पृथ्वी, प्रकृति, भावी पुस्तालाई माया गर्न पनि एउटा बिरुवा रोप्नुपर्ने बताए । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता भएको पनि बताए ।

उनले भने, ‘म माननीयज्युहरु र माननीयज्युहरुमार्फत सिंगो देशलाई आग्रह गर्न चाहन्छु, सकेसम्म एउटा बिरुवा हरेकले राष्ट्रिय वृक्षारोपणका दिन सकेसम्म एउटा बिरुवा रोप्नुहोस् । पृथ्वी र प्रकृतिलाई माया गरौँ । भविष्यको पुस्तालाई माया गरौँ । भविष्य सुनिश्चित गरौँ । यो अभियान यसका लागि चलाउन आग्रह गर्दछु । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता हो ।’

प्रधानमन्त्री ओलीले विपद्बाट भएका क्षतिको सम्बन्धमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए ।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०१:३९
हजुरको प्रतिक्रिया