२०८३ असोज २६ गते सोमबार

विद्या भण्डारी फर्किने हल्लाबारे अध्यक्ष ओलीः कुनै बम पड्किनेवाला छैन, सपना नदेख्नूस्

विद्या भण्डारी फर्किने  हल्लाबारे अध्यक्ष ओलीः कुनै बम पड्किनेवाला छैन, सपना नदेख्नूस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०४:१२

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय...

काठमाडौ ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गरेका छन् ।
शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
सञ्चारमाध्ययमा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैबाट नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने उल्लेख गरे ।
उनले मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरुले विभिन्न आश र अपेक्षा गरेका बताउनु भयो । नेकपा एमाले एक रहेको र एक रहने बताए ।
उनले अब पनि एकजुट भएर अघि बढ्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरुले विभिन्न आश र अपेक्षा गरेका छन् । यहाँ मैले एकदम बम पड्काउँछु,विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन शुरु गर्छ । यो सपना देखेर बसेका छन् । कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । आश पनि कस्ता कस्ता आश गरेका होलान् । आश गरेर बसेका छन् । यसो अनलाइनतिर पसेर हेर्दा तपाईं छक्क पर्नुहुन्छ । हामी यस्तो भ्रममा पर्नु हुँदैन ।’
प्रधानमन्त्री ओलीले नहुने सपना नदेख्न पनि आग्रह गरे ।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०४:१२
हजुरको प्रतिक्रिया