२०८३ साउन २१ गते बिहीबार

बिहीबार काेराेनाले थप ३३ काे ज्यान लियाे

बिहीबार काेराेनाले थप ३३ काे ज्यान लियाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ३ गते बिहीबार ०५:५१

पाेखरा । काेराेना संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्‍यु हुनेको संख्या १० हजार ४२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै, बिहीबार...

थप ३ हजार ०७५ जनामा संक्रमण पुष्टि

पाेखरा । काेराेना संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्‍यु हुनेको संख्या १० हजार ४२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै, बिहीबार थप ३ हजार ०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । याे संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

याे अवधीमा देशभर थप २ हजार १२६ जना निको भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सयजना रहेका छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति २०७८ भदौ ३ गते बिहीबार ०५:५१
हजुरको प्रतिक्रिया