२०८३ साउन २१ गते बिहीबार

सबै मिलेर सरकार बनाउनु राम्रो कुराः सभापति देउवा

सबै मिलेर सरकार बनाउनु राम्रो कुराः सभापति देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २२ गते आइतबार ०९:०९

अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको उनले बताए ।
उनले बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक भएको पनि उल्लेख गरे । सबै मिलेर सरकार बनाउनु राम्रो कुरा भएको जिकिर उनको छ ।

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनै न कुनै राजनीतिक दलसँग मिल्नैपर्ने बाध्यता रहेको बताएका छन् ।

स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको उनले बताए ।

उनले बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक भएको पनि उल्लेख गरे । सबै मिलेर सरकार बनाउनु राम्रो कुरा भएको जिकिर उनको छ ।

बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक रहेको पनि उनले बताए । जसकारण राजनीतिमा उत्तारचढाव आउनु स्वभाविक रहेको तर्क उनले गरे ।

सभापति देउवाले भने, ‘हाम्रो देशमा यो बहुदलीय व्यवस्थामा कम्पिटिशन हुनेकुरा स्वभाविक हो । अरु उत्तारचढाव हुने स्वभाविक हो । तै पनि अहिले हामीले हेरिरहेका छौँ, हाम्रो देश अघि बढेको छ । अहिलेको राजनीतिक प्रणाली मात्रै होइन, समावेशी राजनीति छ । महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व भएको व्यवस्था छ । त्यस मानेमा यो समावेशी संविधान बनाएका छौँ । समावेशी व्यवस्था छ । तर एउटा समस्या पनि छ । यसमा कसैको पनि बहुमत आउन सक्दैन । कुनै पार्टीको पनि बहुमत आउन सक्दैन । कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमत ल्याउनै पर्छ सरकार बनाउन त । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता र आवश्यकता छ । नमिले हुँदै हुँदैन, बाध्यतै हो यो । राम्रो कुरा पनि हो यो । कमसेकम सबै मिलेर काम गर्नु राम्रो पनि छ । मन परेको होस्, मन नपरेको होस् त्यस्तै छ । के गर्नुहुन्छ, काम गर्नुपर्ने छ । ’

सभापति देउवाले समूहिकृत रुपमा काम गर्नुपर्ने आवश्यकता रहेकोमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति २०८२ असार २२ गते आइतबार ०९:०९
हजुरको प्रतिक्रिया