पोखरा ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ ।
बैठकमा केद्रीय सदस्य र पूर्वपदाधिकारीले बोल्ने क्रम सकिएपछि आइतबारदेखि पदाधिकारीले बोल्ने क्रम चलिरहेको छ ।
असार १६ गतेदेखि शुरु भएको बैठकमा हिजोसम्म सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आ–आफ्ना धारणा राखिसकेका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा .शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, एनपी साउद, आनन्दप्रसाद ढुंगाना, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शंकर भण्डारी, ध्रुव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु बाँस्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रूपमा बैठकमा सहभागी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आ–आफ्ना धारणा राखेका छन् ।
यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सक्ने तयारी छ । बैठक अहिले दिउँसो २ बजे बस्दैछ । असार १६ गते शुरु भएको बैठक सक्ने तयारी रहेको पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेश भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।
बैठकले क्रियाशील सदस्यता टुंगो लगाउने, भ्रातृ संस्थाहरूको अधिवेसन लगायतका विषयमा निर्णय गर्नुका साथै समसमायिक विषयमा पनि निर्णय गर्ने जनाइएको छ ।
प्रकाशित मिति २०८२ असार २३ गते सोमबार ०९:२५




