२०८३ असोज २६ गते सोमबार

राप्रपा सांसद सिंहको आरोपः भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी मुछिएका छन्

राप्रपा सांसद सिंहको आरोपः भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी मुछिएका छन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २३ गते सोमबार ०३:१४

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानविन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले...

काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानविन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाले संसद बहिस्कार गर्ने बताएका हुन् ।

उनले सरकारले दुई तिहाईको आडमा सदन चलाउन खोजिएको भन्दै आपीत्त पनि जनाए ।

उनले भने, ‘आज सदन अवरोध भएको ४१ दिनभन्दा बढी भइसकेको छ । यसरी दुई तिहाईको दम्भबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ ।

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री देखि तल्लो तहको कर्मचारी मुछिएको छ ।

संसारभरी नेपालीहरुको बदनामी भइराखेको यत्रो जल्दो बल्दो भिजिट भिसा प्रकरणमा किन छानविन समिति गठन गर्नु भएन ? अन्य विषयहरुमा जस्तै भिजिट भिसा प्रकरणको लागि भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि पनि छानविन समिति गठन होस् भन्ने माग राख्न चाहान्छु । यदी भएन भने आज पनि राप्रपाले सदन बहिस्कार गर्नेछ ।’

सांसद सिंहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी समेत संलग्न रहेको आरोप समेत लगाए ।

 

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार ०३:१४
हजुरको प्रतिक्रिया