२०८३ असोज २६ गते सोमबार

गठबन्धन पूरा समय टिक्छ : शेरबहादुर देउवा

गठबन्धन पूरा समय टिक्छ : शेरबहादुर देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २४ गते मंगलबार ०९:०४

सबै समस्या छलफल गरेर समाधान गर्न सकिने उनले उल्लेख गरे ।  संविधानको व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएकाले गठबन्धन सरकार अपरिहार्य रहेको उनले जिकिर गरेका छन् ।

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) सँगको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा समापन मन्तब्य दिने क्रममा सभापति देउवाले सञ्चारकर्मीसँग गठबन्धन बारे बाहिर आए जस्तो केहि पनि नभएको स्पष्ट पारे ।

दुइ ठूला पार्टी मिलेर गठबन्धन बनाउदा स–साना समस्या आउनु स्वाभाविक भएको उनको भनाइ छ ।

सबै समस्या छलफल गरेर समाधान गर्न सकिने उनले उल्लेख गरे ।  संविधानको व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएकाले गठबन्धन सरकार अपरिहार्य रहेको उनले जिकिर गरेका छन् ।

वर्तमान गठबन्धन पूरा समय टिक्ने सभापति देउबाले ठोकुवा गरे ।

गठबन्धनमा आएका सबै विषय सल्लाह र सहमतिमा अघि बढाउने उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार ०९:०४
हजुरको प्रतिक्रिया