२०८३ असोज २५ गते आइतबार

त्रिशुली नदीमा फसेका २ जनाको उद्धार

त्रिशुली नदीमा फसेका २ जनाको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २४ गते मंगलबार ०९:३५

नुवाकोट, विदुर नपा–१ लभ डाडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा बाढीमा फसेका थि ए।

त्रिशूली नदी किनारमा सावधानी अपनाउन जिल्ला प्रशासन धादिङको आग्रह

पोखरा ।

त्रिशुली नदीमा फसेका २ जनाको सकुशल उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा एक्कासी बाढी आउँदा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

नुवाकोट, विदुर नपा–१ लभ डाडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा बाढीमा फसेका थि ए।

बाढी बढ्दै गएपछि उनीहरु रुखमा चढेर उद्धारको पर्खाइमा थिए । हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ ।

यसैबीच त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

प्रशासनले सार्वजनिक सूचना निकालेर त्रिशूली नदीको उपल्लो भू–भाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भएको भन्दै त्रिशूली नदी किनारका दुवैतर्फ बाढीको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन भनेको हो ।

प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार ०९:३५
हजुरको प्रतिक्रिया