२०८३ असोज २६ गते सोमबार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २५ गते बुधबार ११:३९

काठमाडौं । संघीय संसदअन्तर्गत बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश...

काठमाडौं । संघीय संसदअन्तर्गत बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ प्रश्तुत गर्न अनुमती माग्ने प्रश्ताव प्रश्तुत गर्ने, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ प्रश्तुत गर्ने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रश्तुत गरिने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, सभामुखले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ११:३९
हजुरको प्रतिक्रिया