२०८३ कात्तिक ११ गते मंगलबार

काेराेना अपडेट : सनिबार थप ३० जनाकाे ज्यान गयाे

काेराेना अपडेट : सनिबार थप ३० जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ५ गते शनिबार ०५:१०

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाकाे ज्यान गएकाे छ । याे सहित नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् । सनिबार सार्वजनिक पछिल्लाे २४ घण्टाकाे विवरण...

पछिल्लाे २४ घण्टामा संक्रमित हुनेभन्दा निकाे हुने धेरै

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाकाे ज्यान गएकाे छ । याे सहित नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् ।

सनिबार सार्वजनिक पछिल्लाे २४ घण्टाकाे विवरण अनुसार याे अवधीमा सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् ।

कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति २०७८ भदौ ५ गते शनिबार ०५:१०
हजुरको प्रतिक्रिया