२०८३ साउन २१ गते बिहीबार

ज्येष्ठ नागरिकको जीवन सुरक्षित बनाउने महत्त्वको प्रस्ताव राष्ट्रियसभामा दर्ता

ज्येष्ठ नागरिकको जीवन सुरक्षित बनाउने महत्त्वको प्रस्ताव राष्ट्रियसभामा दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०३:२७

काठमाडौँ । ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्त्वको प्रस्ताव राष्ट्रियसभामा दर्ता भएको छ। सार्वजनिक महत्त्व प्रस्तावको प्रस्तावक नेकपा ९एमाले०की...

काठमाडौँ ।

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्त्वको प्रस्ताव राष्ट्रियसभामा दर्ता भएको छ।

सार्वजनिक महत्त्व प्रस्तावको प्रस्तावक नेकपा ९एमाले०की सांसद सुमित्रा बिसी छन् भने सांसदहरू उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह गरिमा, पदमबहादुर परियार र पूजा चौधरी समर्थक छन्।

युवाहरूको बढ्दो पलायनका कारण ज्येष्ठ नागरिकहरूले सुरक्षामाथि चुनौती थपिदै गएको भन्दै यसबारे सरकार गम्भीर बन्नुपर्ने उनीहरूको माग छ। ज्येष्ठ नागरिकको सहभागिता र जन्मदर बढाउने हिसाबले अबको नीति बन्नुपर्नेमा उनीहरूको जोड दिए।

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राख्दै सांसद बिसीले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गराउने, ज्येष्ठ नागरिकको वर्गीकरण र अवस्थाको आधारमा हवाई यातायात तथा सबै प्रकारको सार्वजनिक यातायातमा छुटको व्यवस्था गर्ने, राज्यको भार कम गर्न बैंकहरूमा निष्क्रिय खातामा रहेको रकम ज्येष्ठ नागरिक कोषमा ल्याउने लगायत व्यवस्था गर्न माग गरे।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०३:२७
हजुरको प्रतिक्रिया