२०८३ असोज २६ गते सोमबार

जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का

जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०४:०३

काडमाडौ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको जलस्रोतलाई दिगो रुपमा उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक निर्माण गरिएको बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा प्रतिनिधि सभाबाट...

काडमाडौ ।

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको जलस्रोतलाई दिगो रुपमा उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक निर्माण गरिएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले सरकारले विधेयकमार्फत जलस्रोतको उपयोग र व्यवस्थापनमा स्पष्ट दिशा दिन खोजेको उल्लेख गरे ।

उनले खानेपानी, सिंचाई तथा जलविद्युतजस्ता क्षेत्रमा दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सरकार त्यसैअनुसार विधेयक अगाडि बढाउन प्रतिबद्ध रहेको समेत बताए ।

उनले भने , ‘हामीसँग भएको अपार जलस्रोतको सदुपयोग, उपयोग गर्नुपर्ने आजको आवश्यकता रह्यो । त्यसका लागि हामीलाई समयानुकलु कानून निर्माण गर्नुपर्ने भयो । त्यसकारण हामी जलस्रोत विधेयकमार्फत मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने प्रयास गरिरहेका छौं । खानेपानी, सिंचाई तथा जलविद्युतजस्ता कुराहरुमा हामीले प्राथमिकताका आधारमा यस कानूनलाई समृद्धि बनाउन प्रतिवद्ध रहेको कुरा पनि व्यक्त गर्न चाहन्छु ।’

उनले जलस्रोतको दोहन नभई दिगो उपयोगका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्य आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०४:०३
हजुरको प्रतिक्रिया