२०८३ कात्तिक ११ गते मंगलबार

साेमबार पाेखराका ३ सहित गण्डकीमा थप ४ काे ज्यान गयाे

साेमबार पाेखराका ३ सहित गण्डकीमा थप ४ काे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ७ गते सोमबार ०७:०६

पाेखरा । काेराेना भाइरसकाे संक्रमणपछि साेमबार गण्डकीमा थप ४ जनाले ज्यान गुमाएका छन् । याे सहित प्रदेशभर काेराेनका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार २४३ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।   साेमबार...

कास्कीका १६४ सहित प्रदेशभर थप २६९ जना संक्रमित

पाेखरा । काेराेना भाइरसकाे संक्रमणपछि साेमबार गण्डकीमा थप ४ जनाले ज्यान गुमाएका छन् । याे सहित प्रदेशभर काेराेनका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार २४३ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।

 

साेमबार ज्यान गुमाउनेहरूमा पाेखरा महानगरपालिकाका ३ जना तथा स्याङ्जा जिल्लाका १ जना रहेका छन् । गल्याङ नगरपालिका ३ का ६८ बर्षिय पुरूषकाे गल्याङ अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकाे हाे । यस्तै, पाेखरा महानगरपालिका वडा नं २६ का ८२ बर्षिय बृद्दकाे मणिपाल शिक्षण अस्पतालमा, पाेखरा १० का १०२ बर्षिय महिलाकाे घरमै तथा पाेखरा १५ का ३५ बर्षिय महिलाकाे मणिपाल शिक्षण अस्पतालमा निधन भएकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

यस्तै। साेमबार कास्कीका १६४ जनासहित गण्डकी प्रदेशभर थप २६९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । संक्रमण पुष्टि हुनेहरूमा स्याङजाका २८ जना, नवलपरासीका २५ जना, लमजुङ र गाेरखाका समान १७ जना, बाग्लुङका ९ जना, म्याग्दी र तनहुँका समान ३ जना तथा पर्वतका १ जना रहेका छन् ।

याे सहित प्रदेशभर संक्रमित हुनेकाे संख्या ७९ हजार २६ पुगेकाे छ ।

यस्तै, साेमबार थप ६५४ जना निकाे भएका छन् । याेसहित गण्डकीमा काेराेना जित्नेकाे संख्या ७३ हजार २०५ पुगेकाे छ ।

प्रकाशित मिति २०७८ भदौ ७ गते सोमबार ०७:०६
हजुरको प्रतिक्रिया