२०८३ साउन २१ गते बिहीबार

स्पेन प्रकरणसहित भिजिट भिसा दुरुपयोगको छानविनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग

स्पेन प्रकरणसहित भिजिट भिसा दुरुपयोगको छानविनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २९ गते आइतबार ०२:१७

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले...

काठमाण्डौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राखेका हुन् । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका थिए । उनले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गरे ।

उनले भने, ‘अहिले प्रधानमन्त्री सहभागि कार्यक्रममा सहभागि हुन भनि गएका मान्छेहरु नफर्किएको पुष्टि भइसकेको छ । यसको छानविन गरौँ । संसदीय छानविन समिति बनाउनको लाग यो सरकार किन डराएको छ । यसबारे संसदीय छानविन समितिको माग गर्दछौं ।’

उनले भिजिट भिसा दुरुपयोग सम्बन्धी अनुसन्धानका लागि छानविन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताए ।

प्रकाशित मिति २०८२ असार २९ गते आइतबार ०२:१७
हजुरको प्रतिक्रिया