२०८३ असोज २६ गते सोमबार

सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षाको व्यवस्था, उद्यमशीलता क्लव स्थापना गर्ने कामनपाको घोषणा

सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षाको व्यवस्था, उद्यमशीलता क्लव स्थापना गर्ने कामनपाको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २९ गते आइतबार ०३:५९

काठमाडौ । काठमाडौं महानगरपालिकाले १७ औं नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२÷८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मेयर बालेन्द्र शाहले मौलिक ऐतिहासिक संँस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसावले नीति तथा कार्यक्रम...

काठमाडौ ।
काठमाडौं महानगरपालिकाले १७ औं नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२÷८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।
मेयर बालेन्द्र शाहले मौलिक ऐतिहासिक संँस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसावले नीति तथा कार्यक्रम ल्याइएको बताएका हुन् ।
उनकाअनुसार काठमाडांैं महानगरपालिकालाई समावेशी सुशासन युक्त, प्रविधिमैत्री, सुरक्षित, नवप्रर्वतनमुखी स्मार्ट शहरका रुपमा रुपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, साँस्कृतिक तथा सम्पदा संरक्षण र दिगो शहरी विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
बालेन शाहले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा २०८१÷८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यनीतिहरु र सम्पन्न हुन बाँकी योजनाहरुलाई निरन्तरता दिइनेछ ।
आवधिक रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिइनेछ ।
नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम अनुसार समावेशी उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बीउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइनेछ ।
सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षा उद्यमशीलता क्लव स्थापना गरिनेछ ।
अपतांगता, अटिजम, फरक क्षमता भएका विद्यार्थीका लागि विशेष शिक्षण केन्द्र र पहुँच पु¥याउन सोही अनुसारका पूर्वाधार निर्माण गर्ने जस्ता नीति लिइएको छ ।

 

प्रकाशित मिति २०८२ असार २९ गते आइतबार ०३:५९
हजुरको प्रतिक्रिया