२०८३ साउन २१ गते बिहीबार

रक्षा मन्त्रालयमा मानवीर राईको एक वर्षः ७ सुरुङमध्ये एकमा ब्रेक थ्रु, ८९ पुलमध्ये ५ वटा निर्माण सम्पन्न

रक्षा मन्त्रालयमा मानवीर राईको एक वर्षः ७ सुरुङमध्ये एकमा ब्रेक थ्रु, ८९ पुलमध्ये ५ वटा निर्माण सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०४:५९

काठमाडौ । रक्षामन्त्री मानवीर राईले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गरेका छन् । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागर्दै मन्त्री राईले २०८१ असार ३१ गते बनेको वर्तमान...

काठमाडौ ।
रक्षामन्त्री मानवीर राईले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गरेका छन् ।
बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागर्दै मन्त्री राईले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको रक्षा मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् ।
प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री राईले नेपाली सेनामार्फत भइरहेका विकास निर्माणका आयोजनाहरुमा उल्लेख्य प्रगति भएको दाबी गरे ।
उनकाअनुसार मुलुकका ७७ वटै जिल्ला सदरमुकाममा सडक यातायातले छोएको बताए ।
उनले मन्त्रालयले विपद्जन्य घटहरुको राहत र उद्धार समेत गर्दै आएको बताए ।
छिमेकी मुलुकहरुमा शान्ती स्थापना गर्ने सवालमा सबैभन्दा ठूलो शक्ति नेपाली सेना बन्न पुगेको पनि उनको दाबी छ ।
रक्षा मन्त्रालयका सह–सचिव मनोजकुमार आचार्यले आर्थिक वर्ष २०८१÷८२ मा संशोधित विनियोजन १५ अर्ब ३० करोड रुपैयाँ रहेकोमा हालसम्म १३ अर्ब ४६ करोड रुपैयाँ खर्च भइसकेको बताए ।
उनकाअनुसार मन्त्रालयमार्फत भइरहेको आयोजनाहरुको कुल लागत २ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ ।
मन्त्रालयअन्तर्गतका विकासे आयोजनाहरुको असार मसान्तसम्मको भौतिक प्रगति ४१.३७ प्रतिशत पुगेको र वित्तीय प्रगति ४२.७४ प्रतिशत रहेको पनि उहाँले उल्लेख गरे ।
आचार्यका अनुसार मन्त्रालयअन्तर्गत अन्तर्गत ७ वटा सुरुङ मार्ग निर्माण भइरहेका छन् ।
तीमध्ये मकवानपुरमा पर्ने एक सुरुङमा ब्रेकथ्रू भइसकेको छ भने बाँकी सुरुङहरू निर्माणको क्रममै छन् ।
निर्माणाधीन ८९ वटा पुलहरुमध्ये ५० वटा पुलका लागि खरिद सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ ।
उनले भने, ‘आयोजनाको कुल लागत २ सय ११ अर्ब रुपैयाँ, २०८२ असार मसान्तसम्मको भौतिक प्रगति ४१.३७ प्रतिशत, वित्तिय प्रगति, ४२.७४ प्रतिशत रहेको छ । यो मुविलाइजेसनसहित हो । आर्थिक वर्ष २०८१÷८२ का लागि संशोधित विनियोजित बजेट १५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्षको हालसम्मको खर्च रकम चाँही १३ अर्ब ४६ करोड रहेको छ । आयोजना निर्माणअन्तर्गत जम्मा ७ वटा सुरुङहरुमध्ये मकवानपुरको सुरुङमा ब्रेकथ्रू भएको छ । अन्य सुरुङहरु निर्माणाधीन चरणमा रहेका छन् । आयोजनाअन्र्तग निर्मार्णाधीन अवस्थामा रहेका जम्मा ८९ वटा पुलहरुमध्ये ५० वटा पुलहरुको निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकोमा हालसम्म पाँच वटा पुलहरुको निर्माण कार्य सम्पन्न भएको स्थिति छ ।’
मन्त्री राईले विकास निर्माणसँगै सुरक्षा निकायहरुलाई सेवा सुविधा थप्ने कुरामा पनि मन्त्रालय प्रतिवद्ध रहेको जानकारी दिए ।

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०४:५९
हजुरको प्रतिक्रिया