पूर्वराष्ट्रपति भण्डारी पार्टीमा सक्रिय हुने विषय भने अझै अनिर्णित
काठमाडौं ।
नेकपा एमालेले विधानमा प्रश्तावित ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकाल हटाउने प्रश्ताव पारित गरेको छ ।
शनिबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा बसेको पोलिटब्युरो बैठकले यो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसाग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रिय सचिवालयबाट प्रश्तुत गरिएको विधान संशोधन सम्बन्धी प्रश्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मतिले स्वीकार गरेको जानकारी दिए ।
पार्टीभित्रको संगठित सदस्यता र सदस्यता दुई व्यवस्था स्वीकार गरेको उनले बताए । त्यस्तै उमेर हदको व्यवस्थालाई पनि खारेज गर्नेकुरा स्वीकार गरेको उनले बताए ।
६८ जना पोलिटब्युरो सदस्यहरुले राय राखेको र जिल्ला, प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी हुने व्यवस्था अघि सारेको उनको भनाइ छ ।
त्यस्तै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको उनले बताए ।
अधिकांश नेताहरुले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुनेकुरा गम्भीर भएकाले पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निस्किएको उनले जानकारी दिएका छन् ।
पार्टीको विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले यो विषय पेण्डिङमा रहेको उनको भनाइ छ ।
उनका अनुसार तत्काल पार्टी अध्यक्ष बनाएर जानेकुरामा सकारात्मक नरहेको निष्कर्ष बैठकले निकालेको छ ।
प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०९:१४




