राष्ट्रपति र सभामुखबीचको अन्तर फरक छ
काठमाडौ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति र सभामुखबीचको अन्तरलाई बुझ्न सक्नुपर्ने बताएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय राजनीति गर्नका लागि केन्द्रिय कमिटीको बैठकले रोकेसँगै सञ्चारकर्मीहरुसँग बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आययोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले सभामुख सक्रिय राजनीतिमा फर्किन मिल्ने तर राष्ट्रपति किन नमिल्ने भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले संविधानले सभामुख संसदको सदस्य नै रहनुपर्ने व्यवस्था गरेको तर राष्ट्रपतिले सबै आवद्धता त्याग गर्नुपर्ने प्रावधान रहेको उल्लेख गरे ।
उनले सभामुख आफैँमा राजनीतिक जिम्मेवारी भएको जिकिर गरे ।
नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन नमिल्न निर्णय गरेको थियो ।
राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आवद्ध हुन नमिल्ने एमालेको निष्कर्ष छ ।
महासचिव पोखरेलले भने , ‘सम्माननीय राष्ट्रपति र सभामुखका बीचको अन्तरलाई हामीले बुझ्नुपर्दछ । सम्माननीय राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सम्पूर्ण प्रकारका राजनीतिक भुमिकाबाट अलग हुने व्यवस्था संविधानले गरेको छ । कुनै प्रकारको राजनीतिक नियुक्तिमा छ भने उसले राजीनामा दिएर जानुपर्छ । सभामुखको हकमा भन्ने हो भने सभामुख आफैँमा राजनीतिक जिम्मेवारी हो । सांसदको सदस्य रहेन भने उ सभामुखबाट अलग हुन्छ । दुवैले दलीय भुमिका परित्याग गरेको हुनाले एउटै हो भन्ने छ । तर त्यो होइन । संविधानले सभामुखका हकमा प्रतिनिधि सभाको सदस्य कायम रहने कुरा गर्दछ । राष्ट्रपतिका हकमा उ निर्वाचित भयो भने प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिनुपर्छ ।’
महासचिव पोखरेलले राष्ट्रपति सबै अंगहरुको साझा अभिभावक भएको बताए ।




