२०८३ साउन २१ गते बिहीबार

प्रहरीले अब कुनै पनि घटनामा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

प्रहरीले अब कुनै पनि घटनामा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ९ गते बिहीबार ०९:४१

जघन्य अपराधका घटना वा त्यस्ता फोटो र भीडीओ सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए ।

पोखरा ।

प्रहरीले अब कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने भएको छ ।

प्रहरीले अब कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने भएको छ ।

पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरिसकेको जनाएको छ ।

कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न र नपठाउन देशैभरका प्रहरी युनिटमा परिपत्र गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

गएको असारमा महान्यायाधिवक्ताको कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो र भीडीओ सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।

कार्यालयले निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र गरेको हो ।

जघन्य अपराधका घटना वा त्यस्ता फोटो र भीडीओ सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति २०८२ साउन ९ गते बिहीबार ०९:४१
हजुरको प्रतिक्रिया