२०८३ असोज २५ गते आइतबार

भूमाफियालाई जग्गा बाँडेर वन फडानी गर्ने सरकारको नीति कस्तो ? — उपेन्द्रको प्रश्न

भूमाफियालाई जग्गा बाँडेर वन फडानी गर्ने सरकारको नीति कस्तो ? — उपेन्द्रको प्रश्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ९ गते बिहीबार ०४:०९

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेशको सिंचाई र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण...

काठमाडौ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेशको सिंचाई र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले मधेश प्रदेशमा डिप बोरिङ र विद्युतीय सिंचाई प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गरे ।
उनले मधेशको खोनपानीको समस्या विगत वर्षहरुमा समेत राख्दै आएको पनि सरकार गम्भीर नहुँदा संकट उत्पन्न भएको बताए ।
उनले मधेशमा घट्दै गएको पानीको सतह कर्म गर्न तत्काल काम थाल्न पनि माग गरे ।
उनले भने , ‘एकातर्फ सरकारले सगरमाथा संवाद सम्पनन गरेको छ । अर्कोतर्फ वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्नेगरी, वन बिनास गर्नेगरी कानून पनि ल्याउँदैछ । यो कस्तो नीति हामी अंगाल्दैछौं ।’
उनले मधेस प्रदेशको सुक्खा क्षेत्रमा २४सै घण्टा विद्युत आपूर्ति गर्न समेत सरकारसँग माग गरे ।
उनले चुरे संरक्षण गरी मधेसमा भइरहेको मरुभूमिकरण रोक्न समेत सरकारको ध्यानाकर्षण गराए ।

 

प्रकाशित मिति २०८२ साउन ९ गते बिहीबार ०४:०९
हजुरको प्रतिक्रिया