२०८३ साउन २१ गते बिहीबार

बिहीबार थप २६ काे ज्यान गयाे, २ हजार ४३३ जनामा संक्रमण पुष्टि

बिहीबार थप २६ काे ज्यान गयाे, २ हजार ४३३ जनामा संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १० गते बिहीबार ०६:३५

पाेखरा ।  पछिल्लो २४ घण्टामा देशभर काेराेनाका कारण थप २ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ पीसीआर परीक्षणमा २ हजार ५२ जना र ४ हजार ६७२ एन्टिजेन परीक्षणमा ३८१...

देशभर काेराेनाले ज्यान गुमाउनेकाे संख्या १० हजार ६३८ पुग्याे

पाेखरा ।  पछिल्लो २४ घण्टामा देशभर काेराेनाका कारण थप २ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ पीसीआर परीक्षणमा २ हजार ५२ जना र ४ हजार ६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ भने ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेका छन् । जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति २०७८ भदौ १० गते बिहीबार ०६:३५
हजुरको प्रतिक्रिया