२०८३ साउन २१ गते बिहीबार

लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह

लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ११ गते शनिबार १२:२०

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक...

काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् र

सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ । सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको हो ।

सुपोत महास्थथवीरले लुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्वपूर्ण योगदान गरेको बताए ।

उनले भने, ‘आजको यो अभिनन्दन कार्यक्रम छ । जुन उहाँले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक, सामाजिक योगदान गर्नुभएको छ । निरन्तर र अनवरत रुपमा योगदान गर्नुभयो । थाइ सरकारले ज्यादै ठूलो सम्मान दिएको छ । बुद्धिजमअघि बढाउन र लुम्बिनीको संरक्षण गर्न आवश्यक छ ।’

उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएको पनि बताए ।

 

प्रकाशित मिति २०८२ साउन ११ गते शनिबार १२:२०
हजुरको प्रतिक्रिया