२०८३ असोज २५ गते आइतबार

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ११ गते शनिबार ०१:०७

पोखरा । गण्डकी प्रदेशका पूर्वप्रमुख एवम् नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ । उहाँको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएका गुरुङ वि.संं. २०७८ साउन १२ गते...

पोखरा ।

गण्डकी प्रदेशका पूर्वप्रमुख एवम् नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ । उहाँको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएका गुरुङ वि.संं. २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेको।ि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए ।

वि।सं।२००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनुभएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् ।

७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । गुरुङका छोरा देश बाहिर रहनुभएकाले भोलि अन्त्येष्टि गरिने भएको छ ।

प्रकाशित मिति २०८२ साउन ११ गते शनिबार ०१:०७
हजुरको प्रतिक्रिया