२०८३ असोज २३ गते शुक्रबार

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान एकै समूहमा

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान एकै समूहमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १२ गते आइतबार १०:४९

एसिया कप २०२५ को आयोजनाको जिम्मा भारतलाई मिलेको थियो । तर भारत–पाकिस्तानबिचको तनावका कारण प्रतियोगिता न्युट्रल भेन्यूमा खेल्न लागिएको हो । 
पाकिस्तानले भारतीय भूमिमा कुनै पनि हालतमा नखेल्ने बताएको थियो ।

पोखरा ।

१७औं संस्करणको पुरुष एसिया कपको तालिका सार्वजनिक गरिएको छ ।

एसियाली क्रिकेट परिषद (एसीसी)ले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा टी–२० फम्र्याटमा हुनेछ ।

तालिका अनुसार भारत र पाकिस्तान एकै समूहमा छन् । भारत र पाकिस्तान रहेको समूह एमा ओमान र आयोजक यूएई पनि छन् ।

समूह ए मा रहेका भारत र पाकिस्तानबिचको खेल १४ सेप्टेम्बरमा हुने छ । यदि दुबै टिम सुपर–४ मा पुगेमा २१ सेप्टेम्बरमा अर्को खेल हुन सक्ने सम्भावना रहेको छ ।

त्यस्तै समूह बी मा बंगलादेश, अफगानिस्तान, श्रीलंका र हङकङ छन् ।

बंगलादेश र हङकङबीचको उद्घाटन खेल सेप्टेम्बर ९ मा हुनेछ ।

समूह चरणपछि हरेक समूहका शीर्ष दुई टोली सुपर फोर चरणमा पुग्नेछन् भने शीर्ष दुई टोली सेप्टेम्बर २८ मा हुने फाइनलमा भिड्नेछन् । प्रतियोगिता टी–२० फम्र्याटका आधारमा हुनेछ ।

एसिया कप २०२५ को आयोजनाको जिम्मा भारतलाई मिलेको थियो ।

तर भारत–पाकिस्तानबिचको तनावका कारण प्रतियोगिता न्युट्रल भेन्यूमा खेल्न लागिएको हो ।

पाकिस्तानले भारतीय भूमिमा कुनै पनि हालतमा नखेल्ने बताएको थियो ।

यसअघि भारतले पनि पाकिस्तानमा आयोजना भएका प्रतियोगितामा आफ्ना खेल न्युट्रल भेन्यूमा खेल्दै आएको छ ।

एसिया कपको सुरुवात १९८४ मा भएको थियो । अहिले सम्म यो प्रतियोगिता १६ पटक भएको छ ।

भारतले यो प्रतियोगिता सर्वाधिक ८ पटक जित्दा श्रीलंकाले ६ र पाकिस्तानले २ पटक जितेको छ ।

प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार १०:४९
हजुरको प्रतिक्रिया