२०८३ असोज २५ गते आइतबार

पोखरामा पहिलो पटक आरयु फेष्ट

पोखरामा पहिलो पटक आरयु फेष्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार १२:४४

पोखरा । पोखरा महमानगरपालिकाले रिसाइकल र अपसाइकल ‘आरयू फेस्ट’ २०२५ आयोजन गर्ने भएको छ । बिहिवार पोखरामा पत्रकार सम्मेलन गरेर महागनरले आरयू फेस्टको वारेमा जानकारी दिएको हो । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग...

पोखरा ।

पोखरा महमानगरपालिकाले रिसाइकल र अपसाइकल ‘आरयू फेस्ट’ २०२५ आयोजन गर्ने भएको छ ।

बिहिवार पोखरामा पत्रकार सम्मेलन गरेर महागनरले आरयू फेस्टको वारेमा जानकारी दिएको हो ।

पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न परियोजना संचालन छ । सोही परियोजना अन्र्तगत आरयू फेस्टको आयोजना गरिएको पोखरा महागनरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । कोइका र महानगरपालिका बिच गएको भदौँमा परियोना संचालन वारे संझौता भएको थियो ।

यही साउन १६ र १७ गते चल्ने फेस्टमा रिसाइकल र अपसाइकल उत्पादनहरुको प्रदर्शनी (इको बजार), वेष्ट टु आर्ट एण्ड फेसन अन्तरगत फोहोरबाट सिर्जनात्मक कलाकृति र फेसन डिजाइन, विशेष छलफल, पर्यटन र दिगो विकास, नेपालमा रिसाइकलिङ्ग र अपसाइकलिङ्गको विस्तार जस्ता गतिविधि रहेने छन् ।

यो कार्यक्रम अन्र्तगत पोखरा–९ नयाँबजार प्रदर्शनी केन्द्रमा हरित नवप्रवर्तन केन्द्र निर्माणधीन अवस्थामा छ । यही केन्द्रको संचालनको पूर्वतयारी स्वरुप फेस्टको आयोनजा गरिएको प्रमुख आचार्यले बताए ।
३३ वटा वडाका ३३ सय जना यो परियोजनामा संलग्न रहेको उनिहरुलाई समूह बनाएर प्राविधिक र मेसिन सहयोग गरेर उत्पादन र बजारीकरणका लागि परियोजनाले सहयोगे गर्ने छ ।

परियोजना संचालन पछि महानगरमा उत्पादन हुने फोहोरको १० प्रतिशत फोहोर घटाउन सहयोग पुग्ने महानगरले अपेक्षा गरेको छ ।

पोखरा महागनरको आयोजनामा हुने फेस्टमा कोरियाको रिसाइक्लिंग र अपसाइक्लिंग मार्फत हरित रोजगारी सिर्जना (जिसीआरयू) परियोजनाको कोइका आर्थिक सयोग र युएनडिपीको प्राविधिक सहयोग रहने छ ।

यसबाट हरित रोजगारी सिर्जना, स्थानीय आरयू उदाशीलता बढाउने देशभरका लागि अनुकरणीय अभ्यासको विकासमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार १२:४४
हजुरको प्रतिक्रिया