२०८३ असोज २५ गते आइतबार

सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व चाहियोः देउवा

सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व चाहियोः देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १७ गते शुक्रबार ०४:४०

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...

काठमाडौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक भएको पनि बताए।

उनले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने बताए।

जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको बताए।

जातिय संकीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने बताए।

प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०४:४०
हजुरको प्रतिक्रिया