२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि ठूलो खतराः माओवादी केन्द्र

प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि ठूलो खतराः माओवादी केन्द्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १८ गते शनिबार १२:३२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले व्यवस्थामाथि...

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएका आरोप उनको छ।

महासिचव गुरुङले पार्टी फुटाउने, राज्यका अंगहरू छिन्नभिन्न बनाउने काममा लागेको जिकिर पनि गरे। उनले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ की हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था रहन्छ कि रहँदैन भन्ने चिन्ताको विषय रहेको बताए।

महासचिव गुरुङले यो सदन ०८४ सम्मै सुचारु हुन सक्नेमा पनि आशंका व्यक्त गरे । ओली शान्ति सम्झौताको विपक्षमा रहेका व्यक्ति भएकोले उनको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप उनको छ।

अहिले फस्र्ट पार्टी हुने नहुने भन्दा पनि ०८४ मा चुनाव हुन्छ की हुँदैन, यो व्यवस्था बच्छ की बच्दैन । यो सदन बच्छ की बच्दैन भन्ने चिन्ताको विषय हो । अहिलेको लडाइँ त त्यहाँ केन्द्रित छ त’, उनले भने, ’वृहत् शान्ति सम्झौताको विपक्षमा रहेको अभिमत भएको एमालेको नेतृत्व अहिले सरकारको नेतृत्व छ । (ओली)को सोच र विचारको हिसाबले हेर्दा दोबाटोमा छ । डेमोक्रेसीलाई रक्षा गर्नुपर्छ, संविधानको रक्षा गर्नुपर्छ, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा गयो भने यो व्यवस्था बच्छ, ०८४ मा चुनाव पनि हुन्छ, होइन उहाँको सन्कीको आधारमा पदप्रतिष्ठाको लागि कतिपय शक्ति केन्द्रको उक्सावटको आधारमा यो व्यवस्थामाथि प्रहार हुन सक्दैन भनेर भन्न सकिँदैन । दुई दुई पटक प्रहार भएको इतिहास छ ।’

लोकतन्त्र, संविधान, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनैतिक दल आगाडी गए मात्र अहिलेको व्यवस्था बच्ने बुझाइ नेता गुरुङको छ।

अहिलेको लडाइँ व्यवस्था जोगाउनका लागि हुनुपर्नेमा उनले जोड दिए।

महासचिव गुरुङले ०८४ सम्म वृहत्तर कम्युनिष्ट एकीकरण हुने पनि जिकिर गरे।

कम्युनिष्टहरू नै मुलुकमा पहिलो ठूलो पार्टी बन्ने उनको भनाइ छ।

उनले भने, ‘०८४ सम्म पुग्दा वृहत्तर रुपमा कम्युनिष्ट एकीकरण हुनेवाला छ । एकताबद्ध हुन्छ ।’

महासचिव गुरुङले व्यवस्थापिका संसद समय समयमा बलीको बोको भइरहेको टिप्पणी गरे।

प्रणालीमाथि अहिले पनि ठूलो जोखिम रहेको बताए।

 

प्रकाशित मिति २०८२ साउन १८ गते शनिबार १२:३२
हजुरको प्रतिक्रिया