२०८३ साउन २१ गते बिहीबार

बहुविवाहलाई मान्यता दिने बहसबारे गृहमन्त्रीः कानूनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्नुस्

बहुविवाहलाई मान्यता दिने बहसबारे गृहमन्त्रीः कानूनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्नुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २१ गते मंगलबार ०१:२४

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कानूनमा खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरेका छन् । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्अन्तर्गतको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका...

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले कानूनमा खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्अन्तर्गतको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले विधेयक समितिसँग मुलुकी अपराध संहीता, मुलुकी फौजदारी कार्यविधि संहीता, मुलुकी देवानी संहीता, मुलुकी देवानी कार्यविधि संहीता र सजाय निर्धारण सम्बन्धी कानून गरी पाँच वटा विधेयकमा संशोधनको प्रश्ताव भएको बताए ।

बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नुहुने संविधानकै व्यवस्था कुनैपनि सजायको माफी, मुलतवी अथवा दण्ड सजायको परिवर्तन सम्बन्धी व्यवस्था लगायतका केही व्यवस्थाहरुमा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखिएको बताए ।

बैठकले बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिबानाको मुलतवी माफी परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने र संशोधन र परिमार्जन गर्नुपर्ने देखिएको हुनाले विधेयक समितिमै उपसमिति बनाएर समस्या समाधान गर्नेगरी अघि बढ्ने निर्णय भएको बताए ।

उपसमितिले सम्बन्धित मन्त्रालयको राय सल्लाह लिएर र अरु पनि आवश्यक छलफल गरेर विधयकलाई संशोधन, परिमार्जन गरेर अघि बढाइने बताए ।

बहुविवाहलाई मान्यता दिने कानून सरकारले ल्याउन लागेको भन्दै चौतर्फी विरोध भएको थियो । तर सरकारले विधेयक समितिबाट संशोधन र परिमार्जन गरी अघि बढ्ने गृहमन्त्री लेखकको भनाइ छ ।

गृहमन्त्री लेखकले भने, ‘मुलुकी अपराध संहीता, मुलुकी फौजदारी कार्यविधि संहीता, मुलुकी देवानी संहीता, मुलुकी देवानी कार्यविधि संहीता र सजाय निर्धारण सम्बन्धी कानून, ५ वटा विधेयकमा संशोधनको प्रश्ताव प्रश्तुत भएको छ । यहाँले भन्नुभएको जस्तो बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, त्यसरी नै विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्युले गर्नुहुने संविधानकै व्यवस्था छ, कुनैपनि सजायको माफी, मुलतवी अथवा दण्ड सजायको परिवर्तन सम्बन्धी व्यवस्था लगायतका केही व्यवस्थाहरुमा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखियो । आजको बैठकले हामी के निष्कर्षमा पुग्यौँ भने बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिबानाको मुलतवी माफी परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने र संशोधन र परिमार्जन गर्नुपर्ने देखिएको हुनाले हामीले विधेयक समितिमै उपसमिति बनायौँ । त्यो उपसमितिले सम्बन्धित मन्त्रालयको राय सल्लाह लिएर र अरु पनि आवश्यक छलफल गरेर यो विधयकलाई हामीले संशोधन, परिमार्जन गरेर अघि बढाउँछौँ । नागरिकका बीचमा चासो र चिन्ता व्यक्त भएका छन्, त्यसलाई विधेयक समितिले सम्बोधन गरेर यो कानूनलाई परिमार्जन गर्दछ । कानून मन्त्रालय समेत रहने गरी विधेयक समितिको सचिवले समन्वय गर्नुहुन्छ । त्यसमा कानून मन्त्रालय, कानून आयोग र महान्यायाधिवक्ताको उपस्थितिमा संशोधन, परिमार्जन गर्छौं र देश र जनताको हितमा बनाउँछौँ । कानूनमा खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ ।’

गृहमन्त्री लेखकले बहुविवाहसम्बन्धी कानूनबारे आम नागरिकको चासो रहेको भन्दै त्यसलाई विधेयक समितिले सम्बोधन गरेर कानूनलाई परिमार्जन गरिने बताए ।

कानून मन्त्रालय समेत रहने गरी विधेयक समितिको सचिवले समन्वय गर्ने गरेर उपसमिति बनाइएको र त्यसमा कानून मन्त्रालय, कानून आयोग र महान्यायाधिवक्ताको उपस्थितिमा संशोधन हुने बताए ।

प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार ०१:२४
हजुरको प्रतिक्रिया