२०८३ असोज २५ गते आइतबार

गण्डकीमा प्रेस रजिष्ट्रारको कार्यालय उद्घाटन

गण्डकीमा प्रेस रजिष्ट्रारको कार्यालय उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २७ गते सोमबार ०३:२९

पोखरा । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको उद्धघाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच कर्यालयको उद्धद्याटन गरिएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको उद्धघाटन गरेका थिए । पोखरा–७ मा रहेको मुख्यमन्त्री...

पोखरा ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको उद्धघाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच कर्यालयको उद्धद्याटन गरिएको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको उद्धघाटन गरेका थिए । पोखरा–७ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको छेउमा प्रेस रजिष्ट्रारको कार्यालय बनाइएको छ ।
कार्यालयको उद्याटन गदैँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस रजिष्टार कार्यालय सरकारको छाँया नरहने बताएका छन् । । पाण्डेले प्रेस रजिष्टारको कार्यालय मुख्यमन्त्री कार्यालय वाहिर राख्न खोजे पनि भवन उपलब्ध नभए पछि मुख्यमन्त्री कार्यालय परिषरमा राखिएको स्पष्ट पारे ।
गण्डकी प्रदेशका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले स्वार्थ नराखीकन काम गर्न आग्रह गरे । कार्यालयमा ११ जनाको दरबन्दी रहेको रजिष्ट्रार विमला भण्डारीले जानकारी दिइन् ।
गत बर्ष प्रदेश सभाबाट आमसञ्चार विधेयक पारित भए पछि खुल्ला प्रतिष्प्रर्धाको आधारमा प्रेस रजिष्टार नियुक्ती गरिएको थियो । त्यस पछि रजिष्टार कर्यालयले औचारीक रुपमा काम सुरु गरे पनि स्थाइ कार्यालय स्थापना भएको थिएन ।

प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार ०३:२९
हजुरको प्रतिक्रिया