२०८३ असोज २५ गते आइतबार

दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १ गते आइतबार ०९:१८

दुवै समितिको बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

 

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

दुवै समितिको बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै पूर्वाधार विकास समितिको बैठक दिउँसो २ बजे नै बस्नेछ ।

सो समितिको बैठकमा वर्षातको कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढी लगायत अन्य सडकको अवस्था सम्बन्धमा, चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ०९:१८
हजुरको प्रतिक्रिया