२०८३ साउन २१ गते बिहीबार

तीन संसदीय समितिको बैठक आज बस्दै

तीन संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २ गते सोमबार ०९:०९

जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ ।
बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज एकै पटक तीन संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ ।

बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।

त्यसैगरि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ ।

सो समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार ०९:०९
हजुरको प्रतिक्रिया