२०८३ असोज २५ गते आइतबार

दुई संसदीय समितिको बैठक आज बस्दै

दुई संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३ गते मंगलबार १०:०८

बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ ।

बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

सो समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को दफावार छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ ३ गते मंगलबार १०:०८
हजुरको प्रतिक्रिया