२०८३ असोज २४ गते शनिबार

पाँच बुँदे आह्वान जारी गर्दै सकियो हिन्दकुश हिमालय संसदीय सम्मेलन

पाँच बुँदे आह्वान जारी गर्दै सकियो हिन्दकुश हिमालय संसदीय सम्मेलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ४ गते बुधबार ०९:३०

पूर्वमा म्यानमारदेखि पश्चिमको अफगानिस्तानसम्म फैलिएको तीन हजार ५०० किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँ यो क्षेत्रका १०० प्रमुख नदीको पानीको स्रोत मानिन्छ ।
यी प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षणमा सम्मेलनले जोड लिएको छ ।

काठमाडौं ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलो पटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको दुई दिने सम्मेलन पाँच बुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ ।

सोमबार र मंगलबार काठमाडौंमा भएको उक्त सम्मेलनको मुख्य विषय ‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ रहेको थियो ।

हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरुले जलवायु परिवर्तन तथा जैविक विधिधताको संरक्षणका लागि तत्काल कार्य शुरु गर्न आह्वान गरेको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर क्षेत्रीले बताए ।

सम्मेलनपश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीले साझा पारिस्थितिक, सामाजिक तथा आर्थिक महत्व बोकेको हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु संकट, प्रदूषण र जैविक विविधताको क्षति

समुदाय र पारिस्थितिकी प्रणालीका लागि गम्भीर चुनौती भएको निष्कर्ष निकालेको पनि जानकारी दिए ।

उनकाअनुसार भावी पुस्ताको सुरक्षित भविष्यका लागि जलवायु सहनशीलता, स्वच्छ वायु र जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ ।

पूर्वमा म्यानमारदेखि पश्चिमको अफगानिस्तानसम्म फैलिएको तीन हजार ५०० किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँ यो क्षेत्रका १०० प्रमुख नदीको पानीको स्रोत मानिन्छ ।

यी प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षणमा सम्मेलनले जोड लिएको छ ।

प्रकाशित मिति २०८२ भदौ ४ गते बुधबार ०९:३०
हजुरको प्रतिक्रिया