२०८३ असोज २५ गते आइतबार

शिक्षा विधेयकको समिति प्रतिवेदन प्रतिनिधिसभामा पेस

शिक्षा विधेयकको समिति प्रतिवेदन प्रतिनिधिसभामा पेस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०३:४२

काठमाडौँ । विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदन...

काठमाडौँ ।

विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेस गरेका हुन्।

प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको बताए।

समितिले बिहीवारको बैठकबाट पास गरेको थियो।

सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे।

सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन्।

माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्तावअनुसार गर्नुपर्ने लगायत पाँचबुँदे फरक मत राखेको छ।

रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको राखेको छ।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०३:४२
हजुरको प्रतिक्रिया