२०८३ असोज २५ गते आइतबार

एकीकृत समाजवादी पार्टीको भविष्य छ‚ कसैले नहेपून्ः माधव नेपाल

एकीकृत समाजवादी पार्टीको भविष्य छ‚ कसैले नहेपून्ः  माधव नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०३:४६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको भविष्य भएको बताउँदै नहेप्न चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो...

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको भविष्य भएको बताउँदै नहेप्न चेतावनी दिएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्न विभिन्न अभियान सञ्चालन गरिरहेको बताए।

मेची(महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरबाट पार्टीमा प्रवेश गर्नेहरूको लर्को लागेको बताए।

जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको बताए।

नेकपा ९एकीकृत समाजवादीको भविष्य रहेको बताउँदै यसलाई सशक्त बनाउने बताए।

नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भूमिका खेल्ने स्थितिमा पुर्‍याउने बताए।

अध्यक्ष नेपालले भने, ‘मेची(महाकाली अभियानमा सयकडौँ कार्यकर्ता र हजारौँ जनताको साथ र समर्थन पाएका थियौँ। ठाउँ ठाउँमा पार्टी प्रवेशको लहर चलेको थियो। यो पार्टीको भविष्य छ, यो पार्टी सानो छ भनेर कसैले कुप्रचार नगरून्।’

अध्यक्ष नेपालले शक्तिशाली पार्टीले नै समाजको परिवर्तन र रूपान्तरण गर्नसक्ने बताए।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०३:४६
हजुरको प्रतिक्रिया