२०८३ असोज २५ गते आइतबार

एमसीसीबारे विरोध गरियो, अमेरिकी सैनिक अड्डा स्थापना हुने कुरामा सत्यता छैनः एमाले उपाध्यक्ष पाण्डे

एमसीसीबारे विरोध गरियो, अमेरिकी सैनिक अड्डा स्थापना हुने कुरामा सत्यता छैनः एमाले उपाध्यक्ष पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ८ गते आइतबार ०२:१९

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति जनाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा...

काठमाडौं ।

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति जनाएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पाण्डेले एमसीसी कार्यान्वयनमार्फत नेपालमा अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको टिप्पणी गरेका हुन् ।

उनले छिमेकी मुलुकहरुको विदेशी कुटनीतिबारे स्पष्ट नहुँदा नेपालले सधैँ घाटा व्यहोरिरहेको उल्लेख गर्दै अनावश्यक विश्लेषणको आवश्यकता नरहेको पनि स्पष्ट पारे ।

उनले नेपालले राष्ट्रहितको आधारमा कुनै देशको सहयोग लिने र कुनै देशको सहयोग नलिने भन्न नहुने बताए । नेपालको विकास र समृद्धिको लागि एमसीसी र बिआरआई दुवै अपरिहार्य रहेको उनको टिप्पणी छ ।

उनले भने, ‘म के कुरामा सहमत छैन भने एमसीसी परियोजना नेपालमा कार्यान्वयन हुँदा एमसीए अफिस यहाँ बस्दाखेरी अमेरिकी सैनिक अड्डा नेपालमा बस्छ । म त यसको कुनै तात्विक अर्थ नै देख्दिनँ । अहिलेसम्म बसिसके र नेपाल कोलोनाइज भइसकेको हुनपर्ने । खोइ त कहाँ छ स्टेसन ? त्यो वनको बाधले भन्दा पनि मनको बाधले मन खाइरहेको म देख्छु । अमेरिकाले नेपाललाई घेरा हालिहरेको छ । हामी जोगाउन भनेर हिँडेका छौं । के हामीले जोगाएर चीन जोगिने हो ? चीन आफ्नै सामथ्र्यमा जोगिन सकेन भने हामीले जोगाएर चीन जोगिने हो र ? अमेरिकालाई के नेपालबाट मात्रै चीनमा जानसक्ने परिस्थिति छ र ? त्यसकारण हामीले हाम्रा विश्लेषणहरुमा आफ्ना रियलिस्टिक र आफ्नो देशलाई कसरी हित हुन्छ भन्ने कुरा हेर्नुपर्छ । अहिले हामी कसको पैसा लिने र कसको नलिने भन्ने विषयमा डिमार्केट गर्नसक्छौं ? हुदैन । हामीलाई बिआरआई पनि चाहिन्छ, एमसीसी पनि चाहिन्छ । सबै पैसा चाहिन्छ नि । सबै किसिमको सहयोगले मात्रै नेपाल बन्न सक्छ । एउटा लिने र एउटा नलिने भन्यौं भने माग्नेलाई तातो भात पाइन्छ ।’

नेपालजस्तो विकासोन्मुख मुलुकलाई दातृ निकाय वा साझेदार राष्ट्रहरूसँग सहयोगले कुटनीतिक सम्बन्ध बलियो हुँदै जाने स्पष्ट गर्दै त्यसतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए ।

प्रकाशित मिति २०८२ भदौ ८ गते आइतबार ०२:१९
हजुरको प्रतिक्रिया