बागुलङ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुषालले नेपालमा लोकतन्त्र स्थापनाका निम्ति महिलाले महत्वपूर्ण भूमिका खेलेको बताइकी छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङ महिला विभागले आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राज्यले महिलाका हक अधिकार सुनिश्चित गरि कार्यान्वन गर्नु पर्नेमा जोड दिइन् ।
लोकतन्त्र प्राप्तीका लागि विभिन्न आन्दोलनमा अग्र मोर्चामा रहेर काम गरेको उनको भनाइ छ । २०१७ सालमा राजाको विरुद्धमा आवाज उठाउँमा धेरै महिलाले जेल जानु परेको भुषालले उल्लेख गरिन् । लोकतन्त्र नहुँदा महिला अधिकारका लागि लड्न नसकिने अवस्था आउने उनको भनाइ छ ।
कांग्रेस लोकतन्त्र पद्धति बोकेको पार्टी भएको हुँदा यहाँ सबैले अवसर पाउन उनले बताइन् । पार्टी भित्रै अधिकार प्राप्तीका लागि लडाई गर्न सकिने भुषालको भनाइ छ । पछिल्लो समय मुलुकमा विकासले गति लिन थालेको भन्दै विभिन्न तत्वहरुले केही नभएको भास्य स्थापित गर्न खोजेको उनको आरोप छ ।
कांग्रेसप्रति जनताको ठूलो आशा र भरोसा रहेको भन्दै उनीहरुको माग र आवश्यकता अनुसार काम गर्नु पर्नेमा जोड दिइन् ।
प्रकाशित मिति २०८२ भदौ ९ गते सोमबार ०८:२०




