२०८३ साउन २१ गते बिहीबार

राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने

राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १० गते मंगलबार ०९:२३

खेलकर्मीलाई सम्मान कार्यक्रम यही भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुनेछ ।
सिनियर÷जुनियरमा समान १–१ पुरुष÷महिला गरी चार खेलाडी र एक पारा खेलाडीलाई नगदसहित सम्मान गरिने जनाइएको छ ।

पोखरा ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ ।

खेलकर्मीलाई सम्मान कार्यक्रम यही भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुनेछ ।

सिनियर÷जुनियरमा समान १–१ पुरुष÷महिला गरी चार खेलाडी र एक पारा खेलाडीलाई नगदसहित सम्मान गरिने जनाइएको छ ।

सिनियरलाई समान एक÷एक लाख तथा जुनियर र पारा विधामा समान ५०–५० हजार रुपियाँसहित सम्मान गरिने छ ।

खेलकुद पत्रकार पुरस्कार विधातर्फ समान एक÷एक पुरुष÷महिला समान २०–२० हजार रुपियाँसहित सम्मानित हुने छन् ।

त्यस्तै प्रशासन र प्राविधिक (दुई करारसहित) तर्फ समान चार÷चार गरी आठ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ ।

सर्वोत्कृष्ट दुई जनालाई समान २५–२५ हजार, उत्कृष्ट दुई जनालाई समान १५–१५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान दुई÷दुई जनालाई समान १०–१० हजार नगदसहित सम्मान गरिने छ ।

उत्कृष्ट खेल सङ्घलाई एक लाख रुपियाँसहित सम्मान गरिने छ । उत्कृष्ट स्थानीय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसापत्रबाट सम्मान गरिने जनाइएको छ ।

प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०९:२३
हजुरको प्रतिक्रिया