काठमाडौ ।
उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन आयोजना गर्ने बताएका छन् ।
बिहीवार मन्त्रालयमा भएको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा लगानीको सम्भावना सबैभन्दा बढी खानीमा देखिएको उल्लेख गरे । उनले संसारभरीका सबैभन्दा उत्कृष्ट खानीका सम्भावना भएको र त्यसको उत्पादन गरिरहेका मुलुकहरुलाई आमन्त्रण गरेर खानी सम्मेलन गर्ने जानकारी दिए ।
चीन, भारत, अष्ट्रेलिया, अमेरिका लगायत खानीमा सफलता प्राप्त गरेका खानीका विज्ञ, त्यहाँको प्रविधि उत्पादकहरु र संस्थाहरुलाई नेपाल ल्याएर खानीमा लगानीको वातावरण बनाउने उनको भनाई छ ।
दैलेखको जलजलेले नेपालमा खानीको पनि सम्भावना भन्ने देखाएको उनले बताए ।
उनले नेपाल ग्यासमा आत्मनिर्भर बन्न लागेको जिकिर गरे । ंसिरबाट ग्यासको उत्पादन परीक्षण शुरु गर्ने उनले जानकारी दिए ।
उनले भने, ‘व्यापार र उद्योग एकअर्काका परिपुरक छन् । बजार भएन भने उद्योग नै चल्दैन, त्यसकारणले व्यापार जरुरी छ । त्यो व्यपारको लागि हाम्रा सम्भावना कहाँ हुन् त सबैभन्दा भन्दाखेरी खानी खनिज । यसपटक विनियोजित ऐनले के बोलेको छ त भन्दा नेपालमा अब हामी अन्तर्राष्ट्रियस्तरको खानी सम्मेलन गर्दैछौँ । हामी संसारभरीका सबैभन्दा उत्कृष्ट खानीका सम्भावना भएका, त्यसको उत्पादन भएका मुलुकहरुलाई आमन्त्रण गर्दैछौँ । चीन, भारत, अष्ट्रेलिया, अमेरिका लगायत अरु थुप्रै जहाँ जहाँ खानीका नयाँ प्रविधिबाट खानीमा उहाँहरुले सफलता प्राप्त गर्नुभएको छ । त्यहाँको प्राविधिक हिसाबले सफल भएका छन् । ती खानीका विज्ञहरुलाई, त्यहाँको प्रविधिहरुलाई हामी चाँडै उद्योग, वाणिज्य आपूर्ती मन्त्रालयले अन्तर्राष्ट्रिय खानी सम्मेलनको आयोजना गरेर हामी बोलाउने छौँ । यो लगानीको क्षेत्र हो । एउटा मात्रै दैलेखको जलजलेले जे चिज दियो, आज सबैले के भन्छन् भने उच्च तहका व्यक्तिहरु सम्भावना खानीको पनि छ है भन्छन्, अहिले खानी जोड्न थालेका छन् । हामी ग्यासमा आत्मनिर्भर बन्दैछौँ । त्यसमा पनि चाँडै हामी त्यसको पनि मंसिरबाट उत्पादन परिक्षण सुरु गर्दैछौँ । त्यसलै हाम्रो अपार सम्पदा खानीमा हो । खनिजमा हो । त्यो खानी खजिनको सम्भावना के हो भन्ने कुराको संसारभरीका सबैभन्दा सफलतम, त्यसका विज्ञहरु, त्यसका प्रविधिहरु, ती मुलुकका संस्थाहरुलाई हामी आमन्त्रण गर्दैछौँ ।’
उनले भने, नेपालमा वस्तु आयात गर्दा एनएस अनिवार्य गर्ने पनि बताए ।
गुणस्तर परीक्षण गरेर मात्रै अब नेपालमा वस्तस आयात हुने उनको भनाई छ । उनले पछिल्लो समय व्यापार द्वन्द्व चलिरहेकोले उल्लेख गर्दै यसले नेपालका लागि ठूलो अवसर दिएको पनि बताए । उनले उत्पादनमा आत्मनिर्भर भनेर निर्यात बढाउनुपर्नेमा जोड दिए ।




